जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

Byपहिलो सुचना

२०७९ असार २४, शुक्रबार १४:५६ २०७९ असार २४, शुक्रबार १४:५६ २०७९ असार २४, शुक्रबार १४:५६
@Ž©–¯“}Œ»E‚̉ž‰‡‰‰à‚É–K‚êAŽxŽ‚ð‘i‚¦‚éˆÀ”{Œ³Žñ‘Ё‚Q‚S“úŒßŒãA–k‹ãBŽs

असार २४, टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। 

शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो। 

उनी आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए। 

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।

प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।

जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ। (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook