असार २३, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
सुन्ह्वाले स्थानीय मिडियालाई उद्धृत गर्दै नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको उल्लेख गरेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीले गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरेर सोधपुछ भइरहेको बताइएको छ ।

