बाजुराको बूढीगंगा नगरपालिकामा मतदान शान्तिपुर्ण भइरहेको

Byपहिलो सुचना

२०७९ असार २३, बिहीबार ०८:३६ २०७९ असार २३, बिहीबार ०८:३६ २०७९ असार २३, बिहीबार ०८:३६

असार २३, काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

जिल्ला निर्वाचन कार्यालय अनुसार अहिले मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । सुरक्षा व्यवस्थाकालागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगरपालिकाको मेयर पदमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्गबहादुर खाती उम्मेदवार छन् ।

१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या झन्डै १ हजार ३ सय रहेको छ ।

यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा बुथ कब्जा भएको विवादपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook