असार १९, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको छ ।
बैठकमा केन्द्रिय समितिको पुर्णता, पदाधिकारी चयन, स्थायी कमिटी, पोलिटब्युरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ ।
माओवादीले गत पुसमा भएको महाधिवेशनमा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका थिए । तर अन्य पदाधिकारी चयन भएका थिएनन् ।
महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो । त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन।
पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ ।
