असार १९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) ११ बजे बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।
