बालाजु औद्योगिक क्षेत्रमा आगलागी

Byपहिलो सुचना

२०७८ श्रावण २३, शनिबार ०७:३८ २०७८ श्रावण २३, शनिबार ०७:३८ २०७८ श्रावण २३, शनिबार ०७:३८

साउन २३, काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

शुक्रबार राति दुई बजेदेखि नै लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङकी र ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भैरहेको छ ।

प्रहरीका अनुसार आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

त्यस्तै, आगलागीको कारण पनि खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook