असार ९, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरमै कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ ।
साउन १ गतेदेखि घरमै फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाउने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर नछुट्टाउनेलाई ५०० रुपैयाँ जरिवाना गरिनेछ ।
कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन संकलन गर्न गाडी पठाइने महानगरले जानकारी दिएको छ ।

