असार ८, काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला चारले घटेर रु ९७ हजार तीन सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार सात सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार दुई सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । (रासस)
