असार ८, काठमाडौं । अफगानिस्तानमा राती गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएको बताइएको छ ।
अफगानिस्तानको खोस्त सहरभन्दा करिब ५१ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । भुकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।
सरकारका प्रवक्ता बिलाल करीमीले समाजिक संजाल ट्विटरमार्फत पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् । क्षति अझै बढी भएको हुनसक्ने अनुमान गरिएको छ । (एजेन्सी)
