अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्नेहरूलाई पक्रियो प्रहरीले

Byपहिलो सुचना

२०७९ असार ७, मंगलवार ०७:२८ २०७९ असार ७, मंगलवार ०७:२८ २०७९ असार ७, मंगलवार ०७:२८

असार ७, काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको बताए ।

पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा ११ च ६०४५ र बा६च २८०४ नम्बरको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook