सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

Byपहिलो सुचना

२०७९ असार ७, मंगलवार ०७:१७ २०७९ असार ७, मंगलवार ०७:१७ २०७९ असार ७, मंगलवार ०७:१७
Nepal Oil Corporation

असार ७, काठमाडौं । नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ । 

निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६३ हजार किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा करिब चार हजार किलोलिटर बढेर ६७ हजार किलोलिटर पुगेको जानकारी दिए । उनका अनुसार जेठमा खपत ५९ हजार किलोलिटरमा झरेको छ । 

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर यसको चौतर्फी विरोधपछि सरकारले असार १ देखि विदा कटौती गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook