असार ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलमा २१ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको जानकारी दिएको छ ।
नयाँ मुल्यअनुसार अब पेट्रोलको मुल्य १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ प्रति लिटर पर्नेछ । यो मुल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।
त्यस्तै सरकारले हवाइ इन्धनको मूल्य पनि बढाएको छ । निगमअनुसार आन्तरिक हवाइ इन्धनमा प्रति लिटर १९ रुपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको छ । यद्यपि एलपी ग्यासको भने मूल्य भने यथावत नै छ ।

