असार ४, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू- भागहरूमा आंशिक बदली रहने बताएको छ ।
महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू- भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू- भागहरूमा आंशिक बदली रहनेछ ।
महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका एक- दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताएको छ । मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व- पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार उक्त प्रदेशहरूको पहाडी भू- भागमा भू- क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू- भगमा आंशिकदेखि सामान्य बदली रहेको छ। (रासस)
