असार २, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहिवार बसेको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।
जेठ १४ मा बसेको बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए ।
शर्माले कुनै पनि अनाधिकृत व्यक्ती सन्लग्न नभएको दाबी गरे । तर, शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार गर्दै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।
