बस दुर्घटनामा २५ जना घाइते

Byपहिलो सुचना

२०७९ जेष्ठ ३१, मंगलवार ०८:३३ २०७९ जेष्ठ ३१, मंगलवार ०८:३३ २०७९ जेष्ठ ३१, मंगलवार ०८:३३

जेठ ३१, सुनसरी । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ । 

घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook