दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

Byपहिलो सुचना

२०७९ जेष्ठ १६, सोमबार ०८:०१ २०७९ जेष्ठ १६, सोमबार ०८:०१ २०७९ जेष्ठ १६, सोमबार ०८:०१
दुर्घटनग्रस्त जहाजको तस्बिर सौजन्य नेपाली सेन

जेठ १६, काठमाडौँ । हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले मुस्ताङ जिल्लाको थासाङ २ सानोस्वारेमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको जनाएका छन् ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।
पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook