
जेठ १५, काठमाडौं । तारा एयरको ९ एन- एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कबिहिन भएको छ ।
लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । सम्पर्कबिहिन भएको खबर पाउने बित्तिकै नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको छ । जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
विमानमा तीन जना चालक सदस्य रहेका छन् । २२ जनामध्ये ४ जना महिला रहेका छन् । त्यस जाहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र चालकदलका ३ सदस्य रहेको तारा एयर स्रोतले जनाएको छ ।
