बैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ३०० मत गन्दा ७२ मत ल्याएका छन् ।
त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् ।
वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ । अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ ।
