काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

Byपहिलो सुचना

२०७९ बैशाख २९, बिहीबार ०८:५७ २०७९ बैशाख २९, बिहीबार ०८:५७ २०७९ बैशाख २९, बिहीबार ०८:५७

बैशाख २९, बनेपा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलान्चोक जिल्लामा चार दिनसम्म टिपर सन्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर बिहिवार बिहान ६ बजेदेखी आगामी जेठ १ गते आइतबार राती १२ बजेसम्मका लागि राती सन्चालन हुँदै आएको टिपर बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताए ।

त्यससंगै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारी साधन बन्द गरिने जनाइएको छ ।

त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यहि बैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्रि वितरणमा रोक लगाइसकेको छ ।

तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पुर्णरुपमा निषेध गरिएको हो ।

जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook