पाँच वटा वडामा दलित सदस्यमा उम्मेदवारी खाली

Byपहिलो सुचना

२०७९ बैशाख १४, बुधबार १३:५० २०७९ बैशाख १४, बुधबार १३:५० २०७९ बैशाख १४, बुधबार १३:५० #स्थानीय चुनाव

बैशाख १४, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँच वटा वडामा दलित समुदायबाट उम्मेदवारी नपरेको पाइएको छ ।

गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि व्यवस्था गरिएको आरक्षण कोटामा उम्मदेवारी नपरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।

वडा समितिमा एक जना दलित सदस्यको अनिवार्य व्यवस्था भएको भए पनि ती वडामा सो पदमा उम्मेदवारी नपरेको उनले बताए।

गाउँपालिकाको ७ वटा वडामध्ये २ वडामा मात्र दलित समुदायको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठले बताए। 

पालिकाको वडा नं २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ।

वडा नं २ मा ल्हाक्पा डिकी कामीको उम्मेदवारी परेको छ भने वडा नं ३ मा नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी, नेपाली कांग्रेसबाट निरमाया विक र जनता समाजवादी पार्टीबाट निमा कामीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच, चुमनुब्री गाउँपालिकामा वडाध्यक्षसहित ८ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन्।

वडा नं ६ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सरोज लामा, सदस्य ठिमे ग्याम्जो लामा, सोनाम लामा, डोल्मा लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।   

गाउँपालिकाको– १ मा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको एकमात्र उम्मेदवारी परेको छ।  

वडा नं ५ बिहीका सोनाम साङ्गोको पनि महिला सदस्यमा एकमात्र उम्मेदवारी परेको हो। वडा नं २ मा माओवादीको तर्फबाट ल्हाक्पा डिकी कामी सदस्यमा निर्विरोध भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook