ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

Byपहिलो सुचना

२०७९ बैशाख १३, मंगलवार १२:५२ २०७९ बैशाख १३, मंगलवार १२:५२ २०७९ बैशाख १३, मंगलवार १२:५२ #स्थानीय चुनाव

बैशाख १३, फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा चयन गरेको थियो ।

वालुङ नेकपा (एमाले) को तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए ।

गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए ।

यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन् । दुई ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए ।

सर्वसम्मत वडाध्यक्ष वालुङ ०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook