आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन

Byपहिलो सुचना

२०७९ बैशाख १२, सोमबार ०९:३६ २०७९ बैशाख १२, सोमबार ०९:३६ २०७९ बैशाख १२, सोमबार ०९:३६

वैशाख, १२ काठमाण्डौं । स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिदैछ ।
निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो ।
आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ ।
आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए । आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
आज भने सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ ।

सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन ।
केन्द्रीय संसदीय समितिले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook