अक्सिजन प्लान्ट बिष्फोट: थप एकजनाको मृत्यु

Byपहिलो सुचना

२०७९ बैशाख ८, बिहीबार १५:०२ २०७९ बैशाख ८, बिहीबार १५:०२ २०७९ बैशाख ८, बिहीबार १५:०२

बैशाख ८, ललितपुर । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा आज भएको बिष्फोटमा थप एक जनाको मृत्यु भएको छ । यस बिस्फोटमा मृत्यु हुने दुई जना पुगेका छन् ।

भारतस्थित रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए । गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको हो ।

चन्द्रागिरी नगरपालिका-२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । पर्सा घर भई लुबु चंगाथाली बस्दै आएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका-९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन् । उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बिहीबार बिहान १० बजे पाटन औधोगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर बिष्फोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook