पाटन औद्योगिक क्षेत्रमा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट

Byपहिलो सुचना

२०७९ बैशाख ८, बिहीबार ००:२६ २०७९ बैशाख ८, बिहीबार ००:२६ २०७९ बैशाख ८, बिहीबार ००:२६

बैशाख ८, ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट भएको छ । बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । घाइतेमध्य एकजनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ४५ वर्षीय बृजमोहन महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आज (बिहीबार) बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपालमा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको हो । गम्भीर घाइतेको बि एन्ड बि अस्पतालमा उपचार भैरहेको छ । अन्य घाइतेहरुको उपचार भने पाटन अस्पतालमा हुँदै ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल एकदम भयावह भएको बताए । “मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,” उनले भने ।

अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले शुरूआती अनुसन्धान गरिरहेको र शुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook