फोहोर वर्गीकरण नगरे पाँच सय जरिवाना

Byपहिलो सुचना

२०७९ बैशाख २, शुक्रबार १६:१५ २०७९ बैशाख २, शुक्रबार १६:१५ २०७९ बैशाख २, शुक्रबार १६:१५
Kathmandu Metropolitan City Office

बैशाख २, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ ।  

वर्गीकरण नगरिएका फोहोर, फोहोर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।  

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक/फरक दिन आउने भएकाले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।  

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।  

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय/समयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहोर सडकमा नै थुप्रिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook