चैत २०, दमक । तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठक्कर खाँदा झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ । गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा शनिबार साँझ दुर्घटना भएको हो ।
मे २ प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नम्बरको ट्याक्टरमा ठक्कर खाँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको छ । (रासस)
