एनआरएन अध्यक्ष विनोद कुँवर निर्विरोध चयन

Byपहिलो सुचना

२०७८ चैत्र १०, बिहीबार ११:४२ २०७८ चैत्र १०, बिहीबार ११:४२ २०७८ चैत्र १०, बिहीबार ११:४२

चैत १०, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ ।

संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

मंगलबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook