जैविक विविधता र पर्यावरण संरक्षणमा प्रधानमन्त्री देउवाको जोड

Byपहिलो सुचना

२०७८ श्रावण १५, शुक्रबार १८:२९ २०७८ श्रावण १५, शुक्रबार १८:२९ २०७८ श्रावण १५, शुक्रबार १८:२९

साउन १५, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जैविक र पर्यावरण संरक्षण अपरिहार्य भएको बताउनुभएको छ।

विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिद्वारा बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले जैविक पर्यावरण र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न बाघको मुख्य भूमिका रहेको भन्दै बाघको वासस्थानको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो। बाघको वासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकार र निकासी नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook