१३ करोड खर्चिएर नेपालगञ्जमा नगर भवन बन्दै

Byपहिलो सुचना

२०७८ फाल्गुन २६, बिहीबार १२:३८ २०७८ फाल्गुन २६, बिहीबार १२:३८ २०७८ फाल्गुन २६, बिहीबार १२:३८

फागुन २६, राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरूआत गरेको छ ।टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशमसेर राणा जानकारी दिए ।

उपमहानगरपालिकाले १३ करोड रुपैयाँको लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोड रुपैयाँको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए ।

चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार बेसमेन्टबाहेक तीन तले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ ।

अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ । पार्किङमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook