संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना, धेरै यात्रु हताहत भएको आशंक

Byपहिलो सुचना

२०७८ फाल्गुन २६, बिहीबार १०:०७ २०७८ फाल्गुन २६, बिहीबार १०:०७ २०७८ फाल्गुन २६, बिहीबार १०:०७

फागुन २६, काठमाण्डौ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ।
आज बिहान करिब ८ बजेतिर मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।
आफू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
‘यात्रुहरू घाइते छन् भन्ने खबर आएको छ, प्रहरी घटनास्थल पुगेपछि थप विवरण आउनेछ,’ उनले भने।
उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले केही यात्रुलाई उद्धार गरेका छन्। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या यकिन हुन बाँकी छ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook