आजदेखि होली सुरू, बसन्तपुरमा चीर ठड्याइयो

Byपहिलो सुचना

२०७८ फाल्गुन २५, बुधबार ०१:०२ २०७८ फाल्गुन २५, बुधबार ०१:०२ २०७८ फाल्गुन २५, बुधबार ०१:०२

फागुन २६, काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै यसवर्षको होली पर्व सुरू भएको छ ।

चिर ठडाउदै बसन्तपुर

बिहीबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।

हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समापन हुन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौँ लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook