दूधकोशी जलविद्युत आयोजनाका लागि अधिग्रहण प्रकृया सुरु

Byपहिलो सुचना

२०७८ फाल्गुन २३, सोमबार ०९:४२ २०७८ फाल्गुन २३, सोमबार ०९:४२ २०७८ फाल्गुन २३, सोमबार ०९:४२

फागुन २३, काठमाडौं । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ ।

आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।

वडा नम्बर १ (साविकको कुइभिर गाविस ) का ११४९, वडानम्बर २ (साविकको पोखरे गाविस)का २५३ घरपरिवार, वडा नम्बर ३ (साविकको दियाले गाविस)को ६००, वडा नम्बर ६ (साविकको भदौरे गाविस)को ३७१ र वडा नम्बर ७ (साविकको माम्खा गाविस)का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।

सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन । यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यो जलविद्युत आयोजनालाई ०७७र०७८ को बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिएको थियो ।

झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook