ढुङ्गेधाराको तरकारी बजारमा आगलागीले ७० स्टल जले

Byपहिलो सुचना

२०७८ फाल्गुन २२, आईतवार १३:१८ २०७८ फाल्गुन २२, आईतवार १३:१८ २०७८ फाल्गुन २२, आईतवार १३:१८

फागुन २२, काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन् । काठमाडौँ महानगरपालिका-१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook