रुसको आक्रमणपछि १० लाख सर्वसाधारणले युक्रेन छोडे

Byपहिलो सुचना

२०७८ फाल्गुन १९, बिहीबार १६:०३ २०७८ फाल्गुन १९, बिहीबार १६:०३ २०७८ फाल्गुन १९, बिहीबार १६:०३

फागुन २०, जेमेभा । युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख सर्वसाधारण युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ ।

आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्, ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख सर्वसाधारण पलायन भएको देख्यौं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू– डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाव युद्धमा परिणत भएको छ ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook