महाकाली नदीमाथि मोटरेबल पुल बनाउन शुरु

Byपहिलो सुचना

२०७८ फाल्गुन २०, शुक्रबार १२:२२ २०७८ फाल्गुन २०, शुक्रबार १२:२२ २०७८ फाल्गुन २०, शुक्रबार १२:२२
Pul

फागुन २०, दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरू हुने भएको छ । महाकाली नगरपालिका-८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । 

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ ।

पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयबासीले आशा गरेका छन् ।

गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयबासी भने खुसी भएका छन् ।

भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो ।

धेरै पहिला महाकाली नदीमा नेपाल-भारत जोड्ने पुल निर्माण हुने सुनिश्चितता हुँदा खुसी छाएको धापका स्थानीयबासी भुवन जोशीले बताए । 

पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुने यस क्षेत्रका स्थानीयबासीको भनाइ छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकामलाई लक्षित गरी निर्माण हुन लागेको पुलले नेपाल–भारतबीचको व्यापारलाई सहजता तुल्याउनेछ । पुल निर्माण स्वास्थ्य उपचारदेखि व्यापारिक हिसाबले पनि स्थानीयबासीलाई सहज हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook