खजुरामा फेला परेको बम निष्क्रिय

Byपहिलो सुचना

२०७८ फाल्गुन १७, मंगलवार १५:२६ २०७८ फाल्गुन १७, मंगलवार १५:२६ २०७८ फाल्गुन १७, मंगलवार १५:२६
Danger

फागुन १७, खजुरा । बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

उनका अनुसार बजारको मुख्य चोकमा शंकास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो ।

नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरूद्ध भएको थियो । सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उनले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook