युरोपेली सङ्घद्वारा रुसका उडानमाथि प्रतिबन्ध

Byपहिलो सुचना

२०७८ फाल्गुन १६, सोमबार १२:३२ २०७८ फाल्गुन १६, सोमबार १२:३२ २०७८ फाल्गुन १६, सोमबार १२:३२
Plane

फागुन १६, ब्रसेल्स । युरोपेली सङ्घले सबै युरोपेली देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले भने, “हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपेली देशका आकासमा बन्द गराएका छौँ ।” रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयाङ्करहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपेली सङ्घले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook