भारतमा ट्रकको ठक्करबाट १८ जनाको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण १३, बुधबार ०७:५३ २०७८ श्रावण १३, बुधबार ०७:५३ २०७८ श्रावण १३, बुधबार ०७:५३
फोटो: India Today

साउन १३, काठमाडौँ। भारतको उत्तर प्रदेशमा पर्ने बाराबंकीको राम सनेहि घाट नजिक मंगलबार मध्यरातमा बस र ट्रकको ठक्कर हुँदा १८ जना को मृत्यु भएको छ। त्यस्तै १९ जना घाइते भएका छन्।

भारतीय समाचार एजेन्सी एएनआइ का अनुसार हरियानाबाट बिहार तर्फ जाँदै गरेको डबल डेकर बस दुर्घटना भएको समयमा सडकको छेउमा उभिएको थियो जसमा यात्रुहरू भित्र थिए।

“बस चालकले यात्रुलाई आराम गर्न भनेका थिए जब उनले बस मर्मत गरिरहेका थिए। त्यसको लगत्तै, एउटा ट्रक पार्क गरिएको बसमा ठक्कर खायो र धेरै घाइते भए,” अतिरिक्त पोलीस महासंचालक (एडीजी) सत्य नारायण सबातले भने।

सबातका अनुसार बसको मुनि अडिएका शवहरू बचाउन उद्धार अभियान चलिरहेको छ।

घाइतेहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook