उल्कापात हुँदा नर्वेमा रातमै भयो उज्यालो!

Byपहिलो सुचना

२०७८ श्रावण ११, सोमबार १८:५८ २०७८ श्रावण ११, सोमबार १८:५८ २०७८ श्रावण ११, सोमबार १८:५८ #उल्कापात

साउन ११, काठमाडौं । असामान्य रुपमा ठूलो उल्कापात हुँदा नर्वेमा राति अचानक उज्यालो भएको छ। 

राजधानी ओस्लोबाट सो उल्कापात मज्जाले देखिएको थियो। यो उल्कापातलाई दुर्लभ र विरलै हुने घटनाको रुपमा व्याख्या गरिएको छ।

नर्वेको उल्कापात सम्बन्धी नेटवर्कका प्रवक्ता स्टेनर मिड्सकोगेनले राति १ बजेको समयमा उल्कापात भएको र त्यहाँ राति नै केहीबेर दिउँसो भएको बताए।

सो उल्कापात आस्लोदेखि १५ माइल पर खसेको बताइएको छ। हाल त्यसलाई खोज्नको लागि विशेष टोली खटाइएको बताइएको छ।

मिड्सकोगेनका अनुसार सो उल्का केही सय किलोको हुने अनुमान गरिएको छ। त्यो प्रतिसेकेन्ड १५ किलोमिटरको गतिमा खसेको थियो। सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook