लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Byपहिलो सुचना

२०७८ फाल्गुन ११, बुधबार ०८:३३ २०७८ फाल्गुन ११, बुधबार ०८:३३ २०७८ फाल्गुन ११, बुधबार ०८:३३

फागुन ११, काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज (बुधबार) बिहान निधन भएको हो ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनको कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, केको साँचो डल्ली रेशम फलामको साँचो, चुईं चुईं चुइँकने जुत्ता, पानको पातजस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा उनले अभिनय गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook