फागुन ७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य तीन/तीन रुपियाँले बढेको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
मूल्यवृद्धिसंगै अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखिएको छ ।
यसअघि निगमले माघ १८ गते मूल्य बढाएको थियो ।

