शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

Byपहिलो सुचना

२०७८ फाल्गुन ४, बुधबार १०:३६ २०७८ फाल्गुन ४, बुधबार १०:३६ २०७८ फाल्गुन ४, बुधबार १०:३६

फागुन ४, काठमाडौं । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सबलीकरणका लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरे । देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने सरकारको योजना रहेको उल्लेख गर्दै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकका लागि तालिम दिने संस्था टिआइटीआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजनालगायतमा सहयोग गर्दै आएको छ ।

यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook