एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो- कांग्रेस प्रवक्ता महत

Byपहिलो सुचना

२०७८ फाल्गुन १, आईतवार ०९:४७ २०७८ फाल्गुन १, आईतवार ०९:४७ २०७८ फाल्गुन १, आईतवार ०९:४७

फागुन १, चितवन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन् ।

शारदानगर जेसिजको २२औंं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै  उनले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने स्पष्ट पारे ।

एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले स्पष्ट गरे । उनले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताए । उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनले भने ।

फरक प्रसङ्गमा उनले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी  स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे । ‘विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो’, उनले भने ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरु तारा गुरुङ, प्रमिशा काफ्लेलगायतले बोलेका थिए । यसअघिका जेसिजका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook