माओवादी घटकलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

Byपहिलो सुचना

२०७८ फाल्गुन १, आईतवार १०:३० २०७८ फाल्गुन १, आईतवार १०:३० २०७८ फाल्गुन १, आईतवार १०:३०

फागुन १, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकलाई एकतावद्ध हुन आग्रह गरेका हुन्।
२७ औं शसस्त्र युद्व सुरू भएको दिनको सम्झनामा आइतबार शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु। परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु।’
अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन्।
अध्यक्ष प्रचण्डले २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएको बताएका छन्।
माओवादीले १० वर्षे सशस्त्र युद्व सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook