हुम्लामा अवरूद्ध हवाई सेवा फेरि सुरू

Byपहिलो सुचना

२०७८ माघ २९, शनिबार १८:४२ २०७८ माघ २९, शनिबार १८:४२ २०७८ माघ २९, शनिबार १८:४२

माघ २९, हुम्ला । हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो । 

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो ।

समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ । 

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एयरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook