सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरूद्धका खोप

Byपहिलो सुचना

२०७८ माघ २६, बुधबार १५:४९ २०७८ माघ २६, बुधबार १५:४९ २०७८ माघ २६, बुधबार १५:४९
lj/f6gu/,@^ df3M lj/f6gu/ dxfgu/kflnsf j8f g+ !( sf] a}hgfyk'/df qm[lifb]j kl/jf/nfO{ Xoflj6]6 gfds ;fdflhs ;+:yfn] lgdf{0f ul/lbPsf] 3/ . tl:a/ M df]xDdb ;b?n÷/f;;

माघ २६, विराटनगर । विराटनगर महानगरपालिकाको-१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

आर्थिक एवं सामाजिक रूपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन् । तर पनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन् । हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरूको पीडादायी प्रतिक्रिया छ । 

आर्थिक एवम् सामाजिक रूपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ । महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ । एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ ।

यही भौतिक संरचनामा ऋषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरूलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ ।

ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल छन् । एउटा बिग्रिँदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो ऋषिदेवले बताए । यो घर पनि हाम्रो लागि पर्याप्त छैन । परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ ।

फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन् । एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश ऋषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन् । दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ ।

उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरूद्धका खोप लगाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook