कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

Byपहिलो सुचना

२०७८ माघ २६, बुधबार १०:०५ २०७८ माघ २६, बुधबार १०:०५ २०७८ माघ २६, बुधबार १०:०५

माघ २६, कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । कांगे्रस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook