विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु

Byपहिलो सुचना

२०७८ माघ २४, सोमबार १५:४२ २०७८ माघ २४, सोमबार १५:४२ २०७८ माघ २४, सोमबार १५:४२

माघ २४, ताप्लेजुङ । ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ ।

पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू छन् ।

लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए । 

गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook