साउन ११, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षणमा २,३९१ र ५,०३२ एन्टिजेन परीक्षणमा १,०३० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १,६८६ जना संक्रमणमुक्त भएका छन्।
