भ्लगर चेतन कार्की लागुऔषध मुद्दामा पक्राउ

Byपहिलो सुचना

२०७८ माघ २१, शुक्रबार १६:२३ २०७८ माघ २१, शुक्रबार १६:२३ २०७८ माघ २१, शुक्रबार १६:२३
Chetan Karki

माघ २१, काठमाडौं । भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् । प्रहरीले उनलाई ब्राउनसुगर र गाँजासहित पक्राउ गरेको हो ।

गोलन्जोर गाउँपालिका-७ खुर्कोटको राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई १९ गते पक्राउ गरेको हो ।

बर्दिबासबाट धुलिखेल आउँदै गर्दा प्रहरीले तलासी लिँदा कार्कीको ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरबाट ६.९४० ग्राम गाँजासमेत फेला परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी माथी लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook